विराटनगर । कोशी प्रदेश सरकारले लगानी सम्मेलन आगामी वैशाख १८ र १९ गते गर्ने भएको छ । यस अघि माघ ११, १२ र १३ गते गर्ने निर्णय गरिए पनि तयारी पुरा नभएपछि लगानी सम्मेलनको मिति सारिएको हो ।
आज बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले लगानी सम्मेलन सार्ने निर्णय गरेको प्रदेश सरकारका आन्तिरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार परियोजनाहरूको सोकेसिङ, कानुनको संसोधन र खरिद प्रकृया मार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको हो । उनले कतिपय कानुन र नीति संसोधनका लागि केन्दीय सरकारकोसमेत सहयोग चाहीने भएकाले सम्मेलन सार्नुपरेको बताए ।
कोशी प्रदेश सरकारले करिब १ खर्बको लागानी भित्र्याउने गरि लगानी सम्मेलनको तयारी गरिरहेको छ । चालु आवको नीति तथा कार्यक्रम र बजेट मार्फत् लगानी सम्मेलन गर्ने गरि तयारी गरेर सरकारले काम गरिरहेको छ ।
लगानी सम्मेलनका लागि विभिन्न समितीहरू र सचिवालय गठन भइसकेको छ । अबको समय प¥याप्त र तयारीको चरण पनि केही हद सम्म पुरा भइसकेकाले लगानी सम्मेलन भव्य रूपमा सम्पन्न हुने मन्त्री भण्डारीले बताए
उनले प्रदेशसभाको अधिवेशन माघको पहिलो साता गर्ने गरी छलफल अघि बढेको, अघिल्लो मन्त्रिपरिषद्को बैठक र आजको मन्त्रिपरिषद्को निर्णय बमोजिम आगामी सोमबार भित्र प्रदेशसभामा ६ वटा विधेयक पुग्ने जानकारी दिए ।
