Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अनलाइन जुवा खेलाउने दुई भारतीयसहित ५३ जना पक्राउ



काठमाडौं । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौंबाट प्रहरीले दुई जना भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको बताए । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिने बोगटीले बताए ।

प्रहरीले उनीहरुको साथबाट ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान मोबाइल फोन पनि बरामद भएको छ । उनीहरुले अनलाइन जुवालगायत अवैध गतिविधि सञ्चालन गरेको पाइएको उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार