Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गाडी चढ्न नदिएपछि विष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले गरिन अध्यक्ष चढ्ने गाडीमा तोडफोड



सिरहा । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष चढ्ने गाडी उपाध्यक्षले तोडफोड गरेकी छिन् । अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी उपाध्यक्ष गीताकुमारी सिंहले तोडफोड गरेकी हुन् ।

आज आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको झोंकमा तोडफोड गरेकी हुन् ।

बा.२ झ ३६४३ नम्बर को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंह आफैंले स्वीकार गरिन् । तोडफोडबाट गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार