Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आजदेखि जलपन्छी गणना हुँदै



काठमाडौं । देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा आजदेखि जलपन्छी गणना गरिँदैछ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना गर्ने गरिन्छ ।

आजदेखि आउँदो माघ ६ गतेसम्म जलपन्छीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे बुझ्न जलपन्छी गणना हुन लागेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन हुनेछ ।

गएको वर्ष कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बीसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल,तलैया र सिमसार क्षेत्रमा जलपन्छी गणना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार