Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बेरुजुसम्बन्धि विवरण बुझाउन सरकारलाई निर्देशन



विराटनगर । कोशी प्रदेश सार्वजनिक लेखा समितिले बेरुजुसम्बन्धि विवरण १५ दिन भित्र बुझाउन सरकारलाइ निर्देशन दिएको छ ।

समितिले १५ दिन भित्र जवाफ दिन मन्त्रालय र निकायलाई निर्देशन दिएको हो । आज बसेको समितिको बैठकले फर्छाैट हुनु पर्ने विषय, नियमिति हुनु पर्ने विषयसहित विवरण बुझाउन निर्देशन दिएको छ । समिति सदस्यहरुले प्रदेश सरकारको बेरुजु घटाउने गरी अघि बढ्नु पर्ने धारणा राखे ।

उनीहरुले बेरुजु बढ्दै गएको चिन्ता व्यक्त गरेका छन् । समितिको बैठकमा बोल्दै समिति सदस्य किशोरचन्द्र दुलालले बेरुजु वृद्धि भएको प्रतिवेदन आएको बताए । उनले बेरुजुलाई सकेसम्म अन्त्य गर्ने क्रममा रहेको हुँदा यसमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

मन्त्रालय र सम्बन्धित निकायले १५ दिन भित्र विवरण बुझाएपछि महालेखा परीक्षकसँग फेरी छलफल गर्ने निर्णय भएको समितिका सभापति राजन किराँतीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार