विराटनगर । कोशी प्रदेशको सामाजिक समितिले मेची पहाडीमा सञ्चालित सामाजिक विकास समितिसँग सरोकार राख्ने योजनाहरुको अनुगमन गर्ने भएको छ ।
आगामी पुष २५ गतेदेखि २९ गतेसम्म इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित योजनाहरुको अनुगमन र निरीक्षण गर्ने निर्णय भएको समितिका सदस्य तिलचन पाठकले जानकारी दिनुभयो । आज बसेको समितिको बैठकले यो निर्णय गरेको हो ।
सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलको नेतृत्वमा आन्तरिक अनुगमन र निरीक्षणको टोली जाने निर्णय भएको हो ।