काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का दीक्षित विद्यार्थीलाई जहाँ गए पनि आदर्श व्यक्तिको रूपमा स्थापित हुन र देशभक्तिको भावना नछोड्न आग्रह गरेका छन् ।
त्रिविको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।
सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले सम्मानित जीवन बाँचेको भन्दै उनले भने- ‘सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सीप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’