Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रिहा भए दुर्गा प्रसाईं



विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि आज साँझ उनी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट रिहा भएका हुन् ।

रिहा भएसँगै उनले अदालतले न्याय दिएको प्रतिकृया दिएका छ्न । उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए । प्रसाईंले तस्करहरूविरुद्धको लडाईं भने अझै जारी राख्ने बताउँदै तस्कारहरुसँग आफु नभाग्ने बताए । उनले आफूले जितेको प्रतिकृया दिए ।

प्रसाईंलाई साइबर अपराधको कसुरमा उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार