Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रवि लामिछानेको तस्वीर निकोलस भुसालले खिचेको दाबी



काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर डा. निकोलस भुसालले खिचेको दाबी गरेका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमा यो दाबी गरेका हुन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने सुतिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि यो तस्वीर ‘फेक’ रहेको वा कसरी कस्ले सार्वजनिक गर्याे भन्ने विषयमा बहस भइरहेको छ ।

यही बहसका बिच उनले यो तस्वीर आफूले खिचेको र तस्वीर खिच्नु गल्ती भएको भए माफी चाहन्छु भन्दै स्टाटस राखेका छन् । अवस्था बुझ्न हिरासतमा रहेका रविलाई भेट्न पुग्दा आफूले तस्वीर खिचेको उनले प्रस्ट्याएका छन् ।

कास्की प्रहरी स्रोतले पनि भुसालले नै फोटो खिचेको हुन सक्ने बताएको छ । यो विषयमा प्रहरीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार