काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा युरोपबाट सिधै भारतको दिल्ली पुगेकी छन्।
जर्मनबाट उनी भारतको दिल्लीतर्फ गएकी थिइन्। उनी आज भारत पुगेकी हुन् । परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।
दिल्ली रहँदा परराष्ट्र मन्त्री राणाले राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ।