Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रौतहटमा भएको दुर्घटनामा ८ जनाको मृत्यु, ५ जना घाइते



काठमाडौं । रौतहटमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार