Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कर्णालीसँग विराटनगर पराजित



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई सात रनले पराजित गरेको छ । कर्णालीले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २६ रनमा सिमित भयो ।

विराटनगरका निकोलस क्रिटोनले ४० रन बनाए । कर्णालीका नन्दन यादवले तीन विकेट लिए । यस्तै विपिन शर्माले दुई विकेट तथा कप्तान सोमपाल कामी, युनिससिंह ठकुरी र विलियम बोसिस्टोले समान एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन बनायो । किर्णालीका लागि विलियम बोसिस्टोले सबैभन्दा धेरै ६६ रन बनाए । यस्तै देब खनालले ५३ रन बनाए । आजको खेलमा शिखर धवनले पाँच बलमा पाँच रन मात्र बनाए ।

यो जीतसँगै कर्णालीले चार खेलमा चार अङ्कसहित तालिकाको चौथो स्तानमा छ । समान खेल खेलेको विराटनगर दुई अङ्कसहित तालिकाको पुछारबाट दोश्रोमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार