विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर गराएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । विराटनगर विमास्थलमा पत्रकारसंग कुराकानीमा उनले भने ऋण नलिने गरी प्रधानमन्त्री ओलीले बीआरआई सम्झौता गरेको बताए ।
सुनसरीको धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, ‘प्रधानमन्त्रीज्यूलाई बधाई छ । ऋण लिएको छैन भनेपछि बुझ्नुस्, ऋण लिएकै छैन।’
उनले संविधान संशोधनको काम अगाडि बढिरहेको जानकारी दिए । सहमतिका आधारमा मात्र संविधान संशोधन गरिने उनको भनाइ छ । फरक प्रसंगमा सभापति देउवाले इतर समूहले विराटनगरमा भेला गरेको विषयमा देउवाले आफूलाई कुनै जानकारी नभएको बताए ।
सभापतिसँगै सुनसरी आएका गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ सालसम्मै कायम रहने दाबी गरे ।