Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ग्रामथानमा माओवादीका नमोनारायण विजयी



विराटनगर । मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित भएका छन् ।

केहीवेर अघि सम्पन्न अन्तिम मतपरिणाम अनुसार माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गरे । माझीको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदारले ५ हजार ३ सय ३३ मत पाए । नेकपा एमालेका तुल्सीराम विश्वासले ४ हजार १ सय ५९ मत ल्याएर तेश्रो स्थान प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्रामथानका अध्यक्ष पदमा एक स्वतन्त्र र १५ राजनीतिक दलका १६ जनाले उम्मेदवारी दिएका थिए ।

गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि अध्यक्ष पदका लागि हिजो आइतबार मतदान भएको हो । ०७४ मा एमाले, ०७९ मा नेपाली कांग्रेस र ८१ उपनिर्वाचनमा माओवादीले ग्रामथानको अध्यक्षमा निर्वाचित भएको छ ।

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार