Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

परराष्ट्रमन्त्री राणाको प्रस्टोक्ति- ‘बीआरआईबारे विवाद छैन’



काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआईबारे सत्तारुढ दल एमाले र कांग्रेसबीच विवाद नरहेको प्रस्ट्याउनुभएको छ । आज बिहीबार चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले चीन र नेपालबीचको आपसी समझदारीमा बीआरआई कार्यान्वयन हुने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा आज चीन प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भोलि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला उठाउनुपर्ने मुद्दाका बारेमा विदेशमन्त्री यीसँग छलफल गर्नुहुने छ । मन्त्री राणा १५ मंसिरमा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीको टोलीमा फेरी चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

चीनले बीआरआई परियोजना कार्यान्वयनका लागि नेपाल सरकारसँग तीव्र लविङ गर्दै आएको छ। तर,सत्तारुढ दलबीच एमाले र कांग्रेसबीच ऋणमा बीआरआई परियोजना स्वीकार्नेबारे सहमति जुट्न सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार