Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौंका ३ स्थानमा आज फरक फरक प्रदर्शन



काठमाडौं – काठमाडौंमा आज सत्तारुढ दल नेकपा एमालेसहित अन्य विभिन्न पक्षले प्रदर्शन गर्ने भएका छन् । सरकारको नेतृत्व गरेको एमालेले भने दरबारमार्गमा प्रदर्शन गर्दैछ ।

एमाले नेता विष्णु रिजालका अनुसार काठमाडौंका विभिन्न सम्पर्कबिन्दुबाट विहान ११ बजे सुरु हुने जुलुस दरबारमार्ग पुग्नेछ ।

यही समयमा सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरूको प्रदर्शन पनि जारी हुनेछ ।

उनीहरुले दुई दिनदेखि जारी राखेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिने भएका छन् । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन जारी राखेका छन् ।

सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

यता, दुर्गा प्रसाई समर्थकहरुले पनि शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्ने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार