Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङ कारागारका कैदीको मृत्यु



विराटनगर । विराटनगरको हाटखोलास्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका कैदीको आज बिहान मृत्यु भएको छ ।

विराटनगर ८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताउनुभयो । दुवै खुट्टामा घाउ आएर पाकेपछि अमातलाई उपचारका लागि कात्तिक २१ गते साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रोगी अमातको आईसीयूमा उपचाररत अमातको बिहानका राति ३ बजेतिर मृत्यु भएको हो ।

भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए । मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत असोज १३ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

भाडाबापत उनले घरधनीलाई ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको अदालतले यकिन गरेको छ । अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका अमातको कोशी अस्पतालमा उपचाररत अवस्थामै मृत्यु भएको जेलर बरालले बताए । उनका अनुसार शवलाई परिवारका सदस्यले दाहसंस्कारका लागि लिएर गइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार