धनगढी । आज बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । ६ जनाको घटनास्थलमै र दुई जनाको अस्पतलामा उपचारको क्रममा मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजिव बस्नेतले सबै मृतकको सनाखत भएको बताउनुभयो । मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।
आज बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको थियो ।