Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काँग्रेसबाट ग्रामथानमा अध्यक्षको उमेद्वारमा बलराम सरदार सर्वसम्मत



विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले बलराम सरदारलाई उम्मेद्ववार बनाउने निर्णय गरेको छ । पूर्व महासमिति सदस्य तथा नेपाली काँग्रेस मोरङको सल्लाहकार समिति सदस्य रहनुभएका सरदार ग्रामथान २ का बासिन्दा हुनुहुन्छ ।

उम्मेदवार छनौटका लागि बनेको १३ सदस्यीय संसदीय बोर्डको बिहीबार बिहान सम्पन्न बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काङ्ग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताउनुभयो । संसदीय बोर्डको अध्यक्ष भने पार्टी जिल्ला सभापति डिग बहादुर लिम्बू रहनु भएको छ ।

ग्रामथानमा काङ्ग्रेसबाटै निर्वाचित भएका अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएपछि ग्रामथानमा आगामी मंसिर १६ गते उपचुनाव हुँदै छ । मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ताको तालिका छ। काँग्रेसमा १३ अध्यक्ष पदको आकांक्षी थिए । १३ जनाको नाम सिफारिस भएकोमा सरदारको नाम सर्वसम्मतले निर्णय भएको काँग्रेस मोरङका सूचना संचार एवम प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार