Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

क्याम्पस मार्ग टोल विकास संस्था गठन



विराटनगर । विराटनगर ३ स्थित क्याम्पस मार्गमा रहेका स्थानीयहरु टोलको विकासका लागि संगठित रुपमा एकजुट भएका छन् । महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक पूर्वाधार विकास र सुशासन कायम राख्ने उद्धेश्यले क्याम्पस मार्ग सामूदायिक टोल विकास संस्थाको गठन गरिएको छ । प्रभा बास्कोटाको अध्यक्षमा गठित सामूदायिक टोल विकास संस्थालाई विधिवत् रुपमा बुधबार महानगर वडा नम्बर ३ को वडा समितिको कार्यालयमा सूचीकृत समेत गरिएको छ।

क्याम्पस मार्ग सामूदायिक टोल विकास संस्थाको उपाध्यक्षमा डा. नारायण बस्नेत र सचिवमा भोजराज तिम्सिना छन् । यसैगरी सहसचिवमा प्रकाश सापकोटा छन् भने गंगाप्रसाद आचार्य कोषाध्यक्ष रहेका छन् ।

टोल विकास संस्थाका सदस्यहरुमा डा. जीवनाथ धमला, शिवराज वाग्ले, तुलसी माया आचार्य, महेश भट्टराई , गीता ढकाल, सुरेन्द्रप्रसाद आचार्य, तारानाथ पराजुली र अस्मिता खतिवडा रहेका छन् । टोलविकास संस्थाले टोलवासीबीच अन्तरघुलन गर्नेदेखि महानगरका योजना र टोलवासीका समस्याहरुका बारेमा खबरदारी गर्ने अध्यक्ष बास्कोटाल जानकारी दिइन् ।

संस्थाले टोलमा सरसफाइको अभियान समेत संचालन गर्ने उद्धेश्य राखेको छ । टोल विकास संस्थाले भर्खरै सम्पन्न दशैं र तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको समेत आयोजना गरेको थियो । यस्तै चाडवाडको सांस्कृतिक महत्व जर्गेना गर्ने उद्धेश्यले लिङ्गे पिङ समेत हालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार