Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेश सरकारको प्रवक्ताकाे जिम्मेवारीमा मन्त्री राई



विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री लीलावल्लभ अधिकारीले राजीनामा दिएपछि मन्त्री राईलाई प्रवक्तामा नियुक्त गरिएको हो ।

आज बसेको मन्त्रिपरिषदको बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

खोरेत रोग नियन्त्रण आयोजना सञ्चालन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धीको पक्ष राष्ट्रहरुको बैठक (कोप २९ ) मा पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १० औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार