पोखरा । सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोज्दा ७ जना रास्वपाका कार्यकर्तालाई पक्राउ गरेको छ । सो क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै आज रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए ।
रास्वपा कार्यकर्ता वाई चोकतर्फ गइरहेका थिए । सोही क्रममा प्रहरीले उनीहरूलाई रत्नचोकमा नै रोकेर अश्रुग्यास हानेको हो ।