Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज गाई गोरु र गोबर्द्धन पूजा



विराटनगर । यमपञ्चक अर्थात् तिहारअन्तर्गत आज गाई, गोरु, गोबर्द्धन पूजा गरिँदै छ । गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज नै गोरु, किसान र हलोको पूजा गरिदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । हिन्दु धर्मावलम्बीहरुले गाईलाई आमा मानेर पुजा गर्ने चलन छ भने
गोरुलाई पूजा गरी मीठा–मीठा खानेकुरा खान दिने तथा वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि पूजा गरिन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । अस्ति बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरियो । यो वर्ष तिथिको घटबढका कारण औँसीमा सूर्योदय भएको दिन हिजो कुनै पर्व नपरेको र पाँच दिनमा सकिने तिहार यसवर्ष छ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु हुने तिहारको मुख्य दिन भाइटीका मनाईंदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । तर भोलि दिनभरी नै टीका लगाउन सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार