Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज काग तिहार मनाइँदै



विराटनगर । नेपालहरुको दोश्रो प्रमुख चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रुपमा कागलाई मीठा–मीठा खानेकुरा दिएर मनाइन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज यो पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनुभयो।

यस्तै यम दीपदान गर्नेक्रम पनि आज बेलुकादेखि नै सुरु गरिँदैछ । यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकादेखि शुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार