इलाम । नेकपा एमाले माई नगर कमिटीको दोस्रो नगर अधिवेशनवाट मुखराज आङदेम्बेको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ ।
सुखानी अध्ययन केन्द्र माई नगरपालिका ४ शुक्रबारेमा कार्तिक १० गतेबाट शुरु भएको अधिवेशन आज बिहान सम्पन्न भएको हो ।
कमिटीको उपाध्यक्षमा राजकुमार गड्तौला, सहसचिवमा अर्जुन राई र कुमारी माया आले निर्वाचित हुनुभएको छ । सचिवमा भने बराबरी भएपछि थप निर्णयका लागि उपल्लो कमिटीमा पठाउने निर्णय भएको बताइएको छ। १८३ सदस्य प्रतिनिधि रहेको अधिवेशनबाट ७५ सदस्यताका लागि मनोनयनआह्वान गरिएको थियो।
सबै पदमा सर्वसम्मत भएपनि अध्यक्ष र सचिव पदमा भने निर्वाचन भएको हो। अध्यक्षमा निकटतम प्रतिस्पर्धी महेन्द्र बुढाथोकीलाई ११६ मत अन्तरले पछि पार्दै आङदम्बे निर्वाचित हुनुभएको हो । आङदम्बेले १४५ मत प्राप्त गर्नुभएको थियो भने बुढाथोकीले २९ मत प्राप्त गर्नुभएको थियो।
सचिव पदमा भने ईश्वर प्रसाद राई र देवी नेपालले समान ८६/८६ मत ल्याउनुभएको छ । बराबर मत आएपछि सचिव पदको निर्णयका लागि उपल्लो कमिटीमा निर्णयका लागि पठाइएको हो ।
दोस्रो नगर अधिवेशन उद्घाटन सत्रमा एमाले केन्द्रीय कमिटी सदस्य राम राना, प्रदेश कमिटी सदस्य एवम जिल्ला समन्वय समिति प्रमुख जय प्रकास राई, एमाले इलाम जिल्ला पुर्व अध्यक्ष एवम प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ का सांसद महेश बस्नेत, जिल्ला आयोजक कमिटी अध्यक्ष गणेश बराल, जिल्ला कमिटी सचिवालय सदस्य एवम माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बु, नेपाली कांग्रेसका माई नगर समिति सचिव दिबाकर सिंह, नेकपा माओवादी केन्द्र माई नगर कमिटी अध्यक्ष भक्त वहादुर लुङगेली लगायतले शुभकामना राख्नु भएको थियो ।