Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रविलाई मात्रै पक्राउ गर्नु आपत्तिजनक छ : पुष्पकमल दाहाल



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नु आपत्तिजनक रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उहाँले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताउनुभयो ।

प्रतिवेदनमा नाम उल्लेख भएका एमाले र काँग्रेससँग सम्बन्धित व्यक्तिलाई चाहिँ छानबिन गर्न नपर्ने, गिरफ्तार गर्न नपर्ने भन्दै राजनीतिक पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई मात्र गिरफ्तार गर्ने सरकारको तरिका बेठीक रहेको बताउनुभयो ।

माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै अध्यक्ष दाहालले खबरदारी सभा कसैलाई बचाउनका लागि नभएको उल्लेख गनुभयो ।

आफु प्रधानमन्त्री हुँदादेखि नै दोषी कोही बच्नुहुँदैन र निर्दोष कोही फस्नुहुँदैन भनेको भन्दै उहाँले सहकारी पीडितलाई न्याय दिन पनि आफूले सिंहदरबारमा पचासौं बैठक गरेको स्मरण गर्नुभयो । तर रविलाई हर हालतमा बचाउनुपर्छ भन्ने केपी ओली नै रहेको उहाँले तर्क गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार