Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रविको पक्राउविरुद्ध काठमाडौंमा कार्यकर्ताको प्रदर्शन



काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं केन्द्रीत प्रदर्शन सुरु गरेका छन् । आज उनीहरुले विभिन्न प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गरेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्डसमेत बोकेर प्रदर्शन गरे ।

पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले कार्तिक २ गते पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ गरी पोखरा पुर्याएको थियो । भोलिपल्ट शनिबार सार्वजनिक बिदा परेकाले आइतबार लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो ।

अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थप भएकोमा बयान नसकिएको भन्दै फेरी ७ दिनलाई म्याद थपिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार