Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारकाे पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनकाे १० लाख सहयोग



विराटनगर । कोशी प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुननिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले सहयोग गरेको हो ।

आज एक कार्यक्रमका बीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गर्नुभयो ।

बाढी, पहिरो तथा डुवानले भएको क्षतिको दू्रत गतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ । चेक बुझ्दै मुख्यमन्त्री कार्कीले पुनः निर्माण तथा मर्मतसम्भारका लागि सहयोग महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका ३७ वटै स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापनासम्बन्धि काम गर्दै आएको छ । चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी हुनुहन्थो ।

प्रतिक्रिया
सम्बन्धित समाचार