काठमाडौं । जिल्ला अदालत कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएको छ । जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
अदालतको आदेशले पाटीर्का कार्यकर्ता आक्रोशित भएपछि प्रदर्शन गरेका हुन् । उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा तनाव बढेको छ ।
आज रविलाई अदालत लगिँदा कार्यकर्ताले निषेधित क्षेत्र बाहिर नै प्रदर्शन गरेका थिए । म्याद थपको सूचनासँगै रवि समर्थकहरु आक्रोशित हुँदै निषेधित क्षेत्रतर्फ अघि बढेका थिए ।
प्रदर्शनकारीहरुलाई प्रहरीले रोकेर राखेको थियो । उनीहरु अहिले निषेधित क्षेत्र नजिकै पुगेर नाराबाजी गरेका छन् ।