Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मामाससुरालाई कार्यावाहक मेयर दिने हर्कको निर्णयमा अदालतको तगारो



विराटनगर । आफू विदेश जाँदा नियम मिचेर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न अदालतले अल्पकालिन आदेश दिएको छ । मामा ससुरा नाता पर्ने धरान वडा नम्बर ११ का वडाअध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यबाहको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालिन आदेश दिएको हो ।

धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश ध्रुवराज नन्दको इजालसले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यबाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो । उपमेयर हुँदा हुँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएर हर्क भने बेलायत उडेका छन् ।

अदालतको आदेशमा अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्न उल्लेख गरीएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार