Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रत्येक जिल्लाबाट एक सय कार्यकर्तालाई पोखरा पुग्न रास्वपाको निर्देशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाबाट कम्तिमा एक सय जना कार्यकर्तालाई पोखरा आउन निर्देशन गरेको छ ।

सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा बोलाएको हो । केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले जिल्ला तहमा सन्देश पुर्याउँदै प्रत्येक जिल्लाबाट १ सय जना पोखरा आउन निर्देशन दिइएको हो । शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको छ ।

मध्यरातमा प्रसारित सन्देशमा जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन रहेको उल्लेख छ ।

शुक्रबार पक्राउ परेका लामिछानेलाई प्रहरीले शनिबार बिहान पोखरा पुर्याएको थियो । उनलाई आज अदालतमा पेश गरिँदै छ । लामिछाने पक्राउको विरोधमा काठमाडौं र पोखरामा शनिबार रास्वपाले विरोध प्रदर्शन गरेको थियो । रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार