काठमाडौं। सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा उदयपुरबाट काकडभिट्टा जाँदै गरेको बस आज बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ ।
उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरकाे बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।