Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रवि लामिछाने आजै पक्राउ हुने डर, हेडक्वार्टरमा कार्यकर्ता भेला गरिदै



काठमाडौं । सभापति रवि लामिछानेविरुद्ध आज नै पक्राउ पुर्जी जारी भइ पक्राउ हुन सक्ने हल्लाका बिच राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा कार्यकर्ता भेला गर्न थालिएको छ । रास्वपाका नेता कार्यकर्ताहरु कार्यालयमा भेला हुन थालेपछि अहिले चहलपहल बढेको छ ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पूर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरुको छ । पक्राउ पूर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौंदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् । उनले ७७ जिल्लाबाटै रास्वपा टीम तयारी अवस्थामा रहनुहोला भन्दै पोष्ट गरेकी छिन् ।

ती नेताका अनुसार रविलाई पक्राउ पूर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । तर, काठमाडौंदेखि पोखरासम्मै कार्यकर्ता उतार्ने तयारी गरिएको छ । रवि सकेसम्म हवाइ मार्गभन्दा स्थलमार्गबाट पोखरा जान रणनीतिमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार