काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली काँग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । समसामयिक राजनीति र घटनाक्रमका विषयमा भइरहेको छलफलमा माओवादी नेता शक्ति बस्नेत र एमालेका अन्य केही नेताहरु समेत सहभागी छन् ।