विराटनगर । विराटनगरको भूमिप्रशासन चौकस्थित मुन होटलका तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतलाई खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरी सुनसरीको धरानबाट पक्राउ गरेको छ ।
मोरङ प्रहरीले सुनसरी प्रहरीको समन्वयमा उनीहरुलाई आज बुधबार पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । भगतलाई मंगलबार साँझ खुकुरी प्रहार गरी उनीहरु धरान पुगेका थिए ।
मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले खुकुरी हान्नेहरु धरानबाट पक्राउ गरेको बताए । मुन होटलका कर्मचारी रहिस अन्सारीका अनुसार विराटनगर १२ का सावन दास, विराटनगर १० का बिनोद रोय र विराटनगर ८ का जमिर खान विरुद्ध पीडितले जाहेरी दिनेछन् ।
सञ्चालक भगतसँग मुन होटल तथा गीत गजलमा पार्टनर राख्नुपर्ने भन्दै उनीहरुले बारम्बार दवाव दिदैं आएको दावी छ । प्रहरी उपरीक्षक कार्कीले पक्राउ परेकाहरु यस अगाडीका समेत अपराध कर्ममा संलग्नहरु हुन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा दास र रोय छन् ।