काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका ग्रहण गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाउनुभएको हो । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्नुभएको थियो ।
आफू टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती तथा आफन्तजनलाई टीका लगाइदिनुभयो ।
वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गर्नुभएको छ ।