Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीको दशैँ गौरादहमा, आमाको हातबाट टीका ग्रहण



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा .जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ ।

टीकाको शुभसाइतमा उहाँले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाउनु भएको हो । आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ । मुख्यमन्त्री कार्कीका एक छोरा तथा दुई छोरी छ्न ।

मुख्यमन्त्री कार्कीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भावकावीच दशैं मनाउन आग्रह गर्नुभएको छ ।

कोशी प्रदेशका केही जिल्लासहित देशका विभिन्न भागमा आएको बाढी पहिरोले जनधनको ठूलो क्षति पुर्याएकोले विपद्को सामना गर्दै एक आपसमा सहयोग, सद्भाव र भातृत्वका साथ यस वर्षको दशैं मनाउन उहाँले आग्रह गर्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार