Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको बडादशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ ।

दशैंको मुखैमा देशभर आएको बाढी पहिरोका कारण पुगेको मानवीय क्षतीको कारण उल्लासमय वातावरणमा दशैं मनाउन नसकिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधरणलाई दशैंको टीका नलगाउने निर्णय लिनुभएको हो । दशैंको अवसरमा भिडियोमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले परिवारका सदस्यसँगबाहेक यसपटक टीका लगाउने कार्यक्रम नराखिएको बताउनुभयो । यसअघि उहाँले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाइदिने गर्नुभएको थियो ।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले यसअघि जस्तो यसपालीको विजया दशमीको टीका उल्लासपूर्ण नभएको प्रधानमन्त्री ओलीले बताउनु भयो । दशैंअघि आएको बाढी पहिरोका कारण कैयौंले जीवन गुमाउनु परेको कति घाइते बन्नुपरेको र धेरै भौतिक पूर्वाधार, खानेपानी ध्वस्त भएको उहाँले बताउनुभयो । विपद्को घडीमा उल्लासमय ढंगले दशैं मनाउन नसकिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार