Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

१३ लाखले उपत्यका छोडे, काठमाडौँ बन्यो सुनसान



काठमाडौं । यो वर्ष दशैँ मनाउन उपत्यकाबाट करिब १३ लाख मानिस बाहिरिएपछि काठमाडौँ सुनसान बनेको छ ।

काठमाडौंका मुख्‍य चोकहरू त्रिपुरेश्वर, कलंकी, कोटेश्वर, माइतीघर, चाबहिल, बानेश्वर, माइतीघर, जावलाखेल, लगनखेललगायतका क्षेत्रमा सवारीसाधनको चाप समेत कम भएको छ ।

काठमाडौंका सडकमा छिटफुट रुपमा मात्रै सवारीहरू चलेका देखिन्छन् । आजदेखि काठमाडौंको रिङरोडमा भने सशस्त्र प्रहरी बलले निशुल्क सवारी चलाएको छ । यस्तै नेपाल प्रहरीले नक्सालबाट दुई रूटमा निशुल्क सवारी चलाउन थालेको छ ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिनुभयो । अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार