Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको नयाँ भवन बन्दै, प्रधानमन्त्री ओलीद्वारा शिलान्यास



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि शिलान्यास गर्नुभएको छ । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्नुभएको हो ।

भटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

एमालेको हाल केन्द्रीय कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बाढीले क्षति पुर्‍याएपछि मैत्रीनगरमा नयाँ कार्यालय भवन बनाउन लागिएको हो । सो भवन एक वर्षभित्र निर्माण सम्पन्न हुने र अर्काे दशैँबाट सुरु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार