Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा



काभ्रे । बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । काभ्रेको रोशी ११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । सडकबाट पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।

यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमोलाई पुरिएको थियो । सुमो गाडी निकाल्न गएको डोजरसमेत पहिरोमा पल्टिएको थियो ।
साथै सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार