Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दशैं मान्न ८ लाखले छोडे उपत्यका



काठमाडौं । दशैँ मनाउन आजसम्ममा आठ लाख बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । काठमाडौं उपत्यकाबाट करिब १० लाखको हाराहारीमा मानिसहरु दशैँ मनाउन बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अनुमान छ ।
भोलीपनि दिन भर नै उपत्यका छोड्नेहरुको संख्या उच्च रहने छ । महासङ्घका अध्यक्ष बिजय स्वारले यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक अवरोध भएपछि संख्या घटेको बताउनुभयो ।

काठमाडौं उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौंमै दशैँ मान्ने योजना बनाएका र कतिपय भने हवाईजहाजबाट उपत्यका छोडेका छन् । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दशैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘जाँच’ भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार