Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

दुर्घटनामा परी प्रहरी जवानको मृत्यु



विराटनगर । मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । कारसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको हो ।

बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राईलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।

प्रहरीले कार र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुर्घटनामा परेर दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार