Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा, १० सेल अश्रुग्यास प्रहार



विराटनगर। ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर –१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ ।

बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् । तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले साइकल यात्री ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो। ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको भन्दै स्थानीयले आज प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले मृतक साहको शव समेत बुझ्न मानेका छैनन ।

प्रतिक्रिया
सम्बन्धित समाचार