Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

जिबी राईको प्रेमिका पक्राउ, सहकारीको रकम अपचलन गरेको आरोप



पोखरा । कास्की प्रहरीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरेको छ ।

प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्र बाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले बयानका लागि पोखरा बोलाएको थियो ।

सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसंग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले बयान दिन आएकी लिलालाई सोमबार पक्राउ गरेको थियो ।
उनलाई अहिले जिल्ला अदालत कास्कीबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार