विराटनगर । अबिरल वर्षापछि आएको पहिरोले किमाथांका नाका अवरुद्ध भएको छ । चीनको चागा भन्ने स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको र संखुवासभाको किमाथांका नाका अवरुद्ध भएको चिनियाँ प्रहरीले जनाएको छ ।
बाटो मर्मत नभइञ्जेलका लागि किमाथांका नाकाबाट चीन प्रवेशमा समेत रोक लाइएको छ । सवारी साधन र पैदल यात्रामा समेत रोक लागएको जानकारी आएको इलाका प्रहरी कार्यालय किमाथांकाले जनाएको छ ।