Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालियो



काठमाडौं । धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ । आजैमात्र १५ वटा शव निकालिएको हो । आज फेला परेका शवहरुमाध्ये ११ जना पुरुषको रहेको छ ।

सशस्त्र प्रहरी प्रवक्ता कुमार न्यौपानेले विंगर र बसभित्रबाट ती शवहरू निकालिएको बताए । शनिवार साँझ १४ वटा शव निकालिएको थियो।

आइतबार बिहान स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिएका हुन् । पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् र कति जना थिए भन्ने अझै खुल्न सकेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार