काठमाडौँ । देशभर आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ । ६४ जना बेपत्ता भएका छन् । घाइते हुनेको संख्या ४५ रहेको छ ।
बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएको छ ।
ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँचरपाँच जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको छ । आजसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।
