Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा बहाव उच्च, सबै ढोका खोलियो



सुनसरी । कोशी नदीमा बहाव उच्च भएपछी कोशी ब्यारेजका सबै ढोका खुलेको छ । अविरल वर्षाका कारण नदीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खुला गरिएको हो ।

सप्तकोशी नदीको बहाव आज बिहान ९ बजे ४ लाख ४९ हजार ६ सय ८० क्यूसेक मापन भएको छ । यो खतराको तह भन्दा माथि हो । ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो ।

भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । बहाव उच्च भएपछि सुनसरी र सप्तरीमा स्थानीय प्रशासनले सतर्कता अपनाएका छन् ।

बाढी निरन्तर बढ्दो क्रममा रहेकाले सतर्कता अपनाइएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए । उनका अनुसार बाढीमा दाउरा निकाल्न र माछा मार्न रोक लगाइएको छ ।

कोशीमा बाढीको मापन ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्नसक्ने अनुमान छ । बहाव उच्च हुँदा डुबानको जोखिम हुने भएकाले कोशी नदीसँग जोडिएका भारतको सुपौल, सहरसा, मधेपुरा, मधुवनी दरभंगा र खगडिया जिल्लाको प्रहरीलाई सतर्क रहन पनि उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार