Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी ब्यारेजमा बस खस्यो, सबै यात्रु सकुशल



विराटनगर । कोशी ब्यारेजको ३४ /३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा यात्रुवाहक बस खसेको छ ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार बसमा सवार सबै २० यात्रुलाई सकुशल उद्धार गरिएको छ । उद्धार गरिएको केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा २० यात्री सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार